सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा १४,६०० ले उकालो
प्रकाशित मिति: बुधबार, चैत्र ११, २०८२ | १३:३४:१६
चितवन, ११ चैत्र । सुन र चाँदीको मूल्यमा आज पुनः वृद्धि देखिएको छ।
छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु १४ हजार ६०० ले बढी हो।
चाँदीको मूल्य पनि बढेर प्रतितोला रु चार हजार ९२० पुगेको महासङ्घले जनाएको छ। अघिल्लो दिन चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो।
प्रकाशित मिति : बुधबार, चैत्र ११, २०८२ |
१३:३४:१६
1673























