म्याक्रो सुशासनमा संस्थागत सुधार र माइक्रो सुशासनमा सेवा प्रवाह सुधारमा सरकारको जोड
चितवन, १८ वैशाख । म्याक्रो सुशासन भनेको राज्यका संयन्त्र र नीतिगत तहमा हुने संस्थागत कब्जा सच्याउने प्रक्रिया भएको उनले स्पष्ट पारेका छन्। त्यस्तै, माइक्रो सुशासनअन्तर्गत नागरिकले पाउने सेवा प्रवाहलाई सुधार गर्दै सरकारी कार्यालयमा लाइन बस्नुपर्ने बाध्यता हटाउने, घुस नदिनुपर्ने अवस्था सुनिश्चित गर्ने र डिजिटल माध्यमबाट घरमै बसेर सेवा प्राप्त गर्ने व्यवस्था गर्ने दिशामा सरकार अघि बढिरहेको उनले बताए।
इमानदार व्यवसायीहरूलाई ढुक्क रहन आग्रह गर्दै उनले भने, “गल्ती नगरी मेहनत गरेर कमाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनु पर्दैन। तर, उद्यमीको आवरणमा अपराध गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई भने उन्मुक्ति दिइने छैन, उनीहरू सचेत हुनुपर्छ।”
उनले निजी क्षेत्रलाई ७० खर्बभन्दा बढीको अर्थतन्त्रको प्रमुख संवाहक र करिब ७ प्रतिशत आर्थिक वृद्धिको मुख्य आधारका रूपमा उल्लेख गरेका छन्।























