स्थानीय बजारमा सुनचाँदीको मूल्य पुनः घट्यो
प्रकाशित मिति: आइतबार, जेठ ०३, २०८३ | १३:३२:१७
चितवन, ०३ जेठ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन प्रतितोला रु चार हजार ५०० ले घटेर रु दुई लाख ९४ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि रु ३३० ले घट्दै प्रतितोला रु पाँच हजार ६० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ५०० र चाँदी रु पाँच हजार ३९० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन चार हजार ५४० अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ०३, २०८३ |
१३:३२:१७
23





















