‘कांग्रेस चुनावले होइन, इतिहास र विचारले राष्ट्रिय शक्ति बनेको हो’ : गगन थापा
प्रकाशित मिति: आइतबार, जेठ ०३, २०८३ | १७:१७:२५
चितवन, ०३ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई राष्ट्रिय शक्ति भएको पार्टीका रूपमा व्याख्या गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय पार्टीको कानुनी मान्यता निर्वाचन परिणामबाट तय हुने भए पनि राष्ट्रिय शक्तिको पहिचान इतिहास, विचार, जनविश्वास र भूमिकाले निर्धारण गर्ने बताए ।
उनले भने, “नेपाली कांग्रेस राष्ट्रिय पार्टी हो कि होइन भन्ने कुरा निर्वाचन परिणामका आधारमा कानुनी रूपमा मापन हुन सक्छ । तर राष्ट्रिय शक्ति चुनावले मात्रै तय गर्दैन, यसको इतिहास, वैचारिकी, जनताको विश्वास र भूमिकाले निर्धारण गर्छ ।”
प्रकाशित मिति : आइतबार, जेठ ०३, २०८३ |
१७:१७:२५
155
























