चितवन मा विषालु च्याउ खाँदा ११ वर्षीया बालिकाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, जेठ ०१, २०८३ | १८:३५:११
चितवन, ०१ जेठ । चितवन को इच्छाकामना गाउँपालिका–१ कुलवाङमा विषालु च्याउ खाँदा ११ वर्षीया नमुना चेपाङको मृत्यु भएको छ ।
चार दिनअघि च्याउ खाएर बिरामी परेकी उनको शुक्रबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ ले जानकारी दिनुभयो ।
च्याउ खाँदा नमुनासँगै उनकी १३ वर्षीया दिदी मनिता र ९ वर्षीय भाइ साजन पनि गम्भीर बिरामी परेका छन् । दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी भएपछि पनि परिवार घरमै बसेका कारण अवस्था थप जटिल बनेको बताइएको छ । शुक्रबार मात्रै स्वास्थ्य चौकी पुगेपछि उपचार सम्भव नभएर उनीहरूलाई भरतपुर पठाइएको वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर मगर ले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०१, २०८३ |
१८:३५:११
375


















