‘जनताको भरोसा नै हाम्रो पहिचान’ : प्रधानमन्त्रीका सल्लाहकार असिम शाह
प्रकाशित मिति: आइतबार, जेठ ०३, २०८३ | ९:४९:४६
चितवन, ०३ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको विश्वासलाई नै सरकारको मुख्य पहिचान भएको बताएका छन्।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् कवितात्मक शैलीमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो सरकार कुनै राजनीतिक स्वार्थ वा झुटो प्रचारमा नभई जनताको भरोसामा अघि बढिरहेको उल्लेख गरेका हुन्।
राजनीतिक सल्लाहकारको जिम्मेवारी सम्हालेपछि शाहले सरकारका कामकारबाहीमा नागरिकको विश्वास कायम राख्ने गरी काम भइरहेको संकेत समेत गरेका छन् ।
शाहले फेसबुकमा लेखेका छन्,
‘न स्वार्थको राजनीति, न झुटो अभियान,
जनताको भरोसा नै हो हाम्रो पहिचान।
देश बनाउने सपनामा जुटेका छौं हामी,
नेपालभन्दा माथि छैन कुनै सम्मान।’
प्रकाशित मिति : आइतबार, जेठ ०३, २०८३ |
९:४९:४६
243



















