प्रतिनिधिसभामा आज बजेटमाथि छलफल सुरु हुँदै, अर्थमन्त्री वाग्लेले प्रस्ताव पेश गर्ने
प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३ | १०:५५:१३
चितवन, १८ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरिनेछ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि सदनमा बजेटमाथिको सामान्य छलफल सुरु हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।
प्रकाशित मिति : सोमबार, जेठ १८, २०८३ |
१०:५५:१३
353





















