विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ | १६:३२:३०
चितवन, १९ जेठ । सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिबारे संसद्मा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ।
मंगलबार बसेको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीको जवाफ नआएसम्म सदनको कारबाही अगाडि नबढाउन माग गरेका थिए। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी सांसदहरू वेलमा पुगेर नाराबाजीमा उत्रिएपछि बैठक स्थगित गरिएको हो।
प्रकाशित मिति : मंगलबार, जेठ १९, २०८३ |
१६:३२:३०
177
























