संसद्मा हर्क साम्पाङको प्रश्न– ‘प्रधानमन्त्रीले हाजिर गरे–नगरेको जाँच गरियोस्’
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ | १६:३४:०९
चितवन, १९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा हाजिर गरे–नगरेको विषय जाँच गर्न माग गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले संसद्मा नियमित हाजिरी गरेको पुष्टि गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले हाजिर नगरेको अवस्थामा प्रतिनिधिसभाको सदस्यता कायम नरहने र त्यसले प्रधानमन्त्री पदसमेत स्वतः समाप्त हुने दाबी गरे।
साम्पाङले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको भन्ने विषयमा प्रधानमन्त्रीले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने माग पनि गरेका छन्।
प्रकाशित मिति : मंगलबार, जेठ १९, २०८३ |
१६:३४:०९
199


























