नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज, संयोजक र सदस्यलाई उपस्थित हुन आग्रह
प्रकाशित मिति: बिहिबार, जेठ २१, २०८३ | ११:०३:५१
चितवन, २१ जेठ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो।
बैठक दिउँसो १:०० बजे ललितपुरस्थित बीपी नगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
उक्त बैठकमा समितिका संयोजक तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, जेठ २१, २०८३ |
११:०३:५१
353



























