ओलीको ९ महिनाअघिको राजीनामा अन्ततः राजपत्रमा प्रकाशित
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ | १४:४५:४३
चितवन, २७ जेठ । जेनजी आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा ९ महिनापछि नेपाल राजपत्रमा प्रकाशित भएको छ।
ओलीले भदौ २४ गते बुझाएको राजीनामासम्बन्धी सूचना मुद्रण विभागले आज राजपत्रमा सार्वजनिक गरेको हो। उक्त प्रकाशनको रिफरेन्स नम्बर २६३७४ रहेको छ। रोचक कुरा के छ भने, जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ रहेको थियो।
राजपत्रमा सूचना अहिले प्रकाशित भए पनि त्यसमा उल्लेख गरिएको मिति भने ओलीले राजीनामा दिएको दिन अर्थात् भदौ २४ गतेकै राखिएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २७, २०८३ |
१४:४५:४३
243























