‘७ बुँदे सहमति प्रस्ताव’बारे अनभिज्ञ रहेको शेखर कोइरालाको दाबी
प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३ | १४:५०:२१
चितवन, २७ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले कथित रूपमा पठाएको ७ बुँदे सहमति प्रस्तावबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।
उनका सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाद्वारा जारी सूचनामा बाहिर प्रचार गरिएझैँ संस्थापन पक्षबाट सहमतिका लागि ७ बुँदे प्रस्ताव आएको भन्ने विषयमा डा. कोइराला वा उनको सचिवालयलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको उल्लेख गरिएको छ।
सूचनामा थपलियाले यस्ता मनगढन्ते, कपोलकल्पित तथा भ्रामक सूचनाबाट भ्रमित नहुन सबैलाई आग्रह गरेका छन्।
प्रकाशित मिति : बुधबार, जेठ २७, २०८३ |
१४:५०:२१
551























