कांग्रेसभित्र बृहत् एकताको खाँचो, ढिलाइले पार्टी कमजोर हुने प्रकाशशरण महतको चेतावनी
प्रकाशित मिति: बिहिबार, जेठ २८, २०८३ | ११:०७:४०
चितवन, २८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीभित्र बृहत् एकता कायम गर्न तत्काल पहल गर्नुपर्ने बताएका छन्।
आज बाँसबारीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा महतले संस्थापन पक्षबाट अपेक्षित पहल हुन नसक्दा पार्टीमा नयाँ ऊर्जा थपिन नसकेको र कार्यकर्ताहरू निराश बन्दै गएको बताए।
उनले पार्टीभित्र विश्वासको वातावरण कमजोर भएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने गरी बृहत् एकता आवश्यक रहेको धारणा राखे। “केही सीमित भेटघाटले मात्र एकताको अभियान सफल हुँदैन, यसका लागि गम्भीर र व्यापक छलफल आवश्यक छ,” उनले भने। महतले एकताको विषयमा सकेसम्म चाँडो ठोस निर्णयमा पुग्नुपर्नेमा जोड दिए।
उनले कांग्रेस एकजुट हुन नसके पार्टी थप कमजोर बन्न सक्ने चेतावनीसमेत दिए।
प्रकाशित मिति : बिहिबार, जेठ २८, २०८३ |
११:०७:४०
199



















