बागमती प्रदेश सभापतिमा चार उम्मेदवार, रास्वपामा मतदान जारी
प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३ | १५:३४:३४
चितवन, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिलो गरी प्रारम्भ भएको हो।
प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री चुनावी मैदानमा छन्। पार्टीका नेताहरूका अनुसार डा. लामिछाने र अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
रास्वपाका अनुसार मतदानमा करिब १,३०० प्रतिनिधिले सहभागिता जनाउनेछन्। समायोजन प्रक्रियासँग सम्बन्धित विवादमा परेका ४०० प्रतिनिधिमध्ये २१० जनालाई मतदानको अधिकार प्रदान गरिएको छ।
प्रकाशित मिति : शनिबार, जेठ ३०, २०८३ |
१५:३४:३४
1

























