‘लोभ छैन, पाप छैन, एमाले पुनर्गठन हुन्छ तर फुट्दैन’ — योगेश भट्टराई
प्रकाशित मिति: सोमबार, आषाढ ०१, २०८३ | ११:२३:४७
चितवन, ०१ असार । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र देखिएको बहसका बीच एमाले फुट्ने कुनै सम्भावना नरहेको बताएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन पक्षधरलाई ‘लोभीपापी’को संज्ञा दिएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा प्रतिक्रिया जनाएका हुन्।
उनले फेसबुकमार्फत आफूहरूमा कुनै लोभ वा पाप नभएको उल्लेख गर्दै एमाले पुनर्गठन हुने तर नफुट्ने दाबी गरेका छन्। साथै, सबै पक्षबीच एकता अझ सुदृढ हुने, सबैको सम्मान हुने, मति सुध्रिने र पार्टीको गति बढ्ने विश्वास व्यक्त गरेका छन्।
भट्टराईले लेखेका छन्:
“ढुक्क रहनुहोस्,
लोभ छैन,
पाप छैन।
पुनर्गठन हुनेछ,
फुट्ने छैन,
टुट्ने छैन।
सबै मिल्नेछन्,
थप एकताबद्ध हुनेछन्।
सबैको सम्मान हुनेछ,
मति सुध्रिनेछ,
गति बढ्नेछ।”
प्रकाशित मिति : सोमबार, आषाढ ०१, २०८३ |
११:२३:४७
309

























