निजी क्षेत्रलाई गरिखाने वातावरण बनाउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
प्रकाशित मिति: बुधबार, आषाढ ०३, २०८३ | १९:२०:५०
चितवन, ०३ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई व्यवसाय सञ्चालनका लागि सहज वातावरण उपलब्ध गराउन र लगानीमैत्री नीति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारसम्बन्धी कार्यक्रममा बोल्दै उनले उत्पादन र लगानीमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए।
अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका नाममा इमानदार व्यवसायीलाई दुःख दिने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि मात्र कारबाही हुने बताए। साथै निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी पनि उनले दिए।
प्रकाशित मिति : बुधबार, आषाढ ०३, २०८३ |
१९:२०:५०
23


























