रास्वपाको महाधिवेशन आज बन्द सत्रमा, विधान संशोधनदेखि निर्वाचन समितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
प्रकाशित मिति: सोमबार, आषाढ ०८, २०८३ | १२:२२:४७
चितवन, ०८ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज दोस्रो दिन बन्द सत्रमा प्रवेश गरेको छ।
पार्टी महामन्त्रीको अध्यक्षतामा सञ्चालन हुने बन्द सत्रमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल, विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरूको प्रस्तुति तथा अनुमोदन गर्ने कार्यसूची रहेको छ।
यससँगै महाधिवेशनका आवश्यक प्रक्रिया पूरा गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि तय गरिएको रास्वपाले जनाएको छ। महाधिवेशनले पार्टीको भावी नेतृत्व चयनका लागि आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ ०८, २०८३ |
१२:२२:४७
89





















