रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरण सुरु, बन्दसत्र आजै हुने
प्रकाशित मिति: मंगलबार, आषाढ ०९, २०८३ | ११:५९:३३
चितवन, ०९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रका लागि प्रतिनिधि परिचयपत्र वितरण कार्य सुरु भएको छ। वितरण प्रक्रिया छिटो सम्पन्न गर्ने उद्देश्यले नौ वटा छुट्टाछुट्टै केन्द्रबाट परिचयपत्र उपलब्ध गराइँदैछ।
रास्वपा चितवनका सभापति ई. मिनीमाधव खनालका अनुसार सातै प्रदेश, प्रवास तथा समायोजन समूहबाट छनोट भएका प्रतिनिधिहरूलाई अलग–अलग स्थानबाट परिचयपत्र वितरण भइरहेको छ। प्रतिनिधिको अन्तिम सूची तय भएपछि स्वचालित प्रणालीमार्फत परिचयपत्र छपाइ गरिएकाले वितरणमा केही ढिलाइ भएको उनले बताए।
परिचयपत्र वितरण सम्पन्न भएपछि महाधिवेशनको बन्दसत्र भरतपुरस्थित उद्योग सङ्घ परिसरको प्रदर्शनी केन्द्रमा सुरु हुने जनाइएको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०९, २०८३ |
११:५९:३३
155





















