ललितपुरमा एक महिनामै ४३ सेवाग्राहीले घरमै पाए राहदानी
प्रकाशित मिति: बुधबार, आषाढ १०, २०८३ | १८:०४:०५
चितवन, १० असार । जिल्ला प्रशासन कार्यालय ललितपुरले घरमै राहदानी वितरण सेवा सुरु गरेको एक महिनाको अवधिमा ४३ सेवाग्राहीलाई राहदानी उपलब्ध गराएको जनाएको छ।
नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था लागू गरेपछि गत वैशाख २२ गतेदेखि ललितपुरमा यो सेवा सञ्चालनमा आएको हो। कार्यालयका अनुसार घरमै राहदानी बुझ्ने विकल्प रोजेर आवेदन दिएका ६४ जनामध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकीको राहदानी निर्माण प्रक्रियामा रहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब एक हजार १०० राहदानी जारी हुने गरेका छन्। घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण बढ्दो क्रममा रहेको उनले बताइन्।
प्रकाशित मिति : बुधबार, आषाढ १०, २०८३ |
१८:०४:०५
1

















