लागू औषधको ‘सप्लाई चेन’ तोड्न आक्रामक नीति अपनाइने : गृहमन्त्री गुरुङ
प्रकाशित मिति: शुक्रबार, आषाढ १२, २०८३ | १३:१७:२१
चितवन, १२ असार । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रममै सीमित नरही यसको सम्पूर्ण आपूर्ति सञ्जाल (सप्लाई चेन) नै ध्वस्त पार्ने गरी कडा नीति अवलम्बन गरिने बताएका छन्।
अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) का अवसरमा जारी सन्देशमा उनले लागू औषधको समस्यालाई जरैदेखि अन्त्य गर्न प्रहरी प्रशासनलाई थप सक्रिय र प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिएका छन्।
प्रकाशित मिति : शुक्रबार, आषाढ १२, २०८३ |
१३:१७:२१
353





















