प्रतिनिधिसभामा एमालेको माग : विष्णु पौडेललाई तत्काल रिहा गरियोस्
प्रकाशित मिति: आइतबार, आषाढ १४, २०८३ | १३:१७:३०
चितवन, १४ असार । नेकपा (एमाले) का सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रेरणाबाट भएको आरोप लगाए। कँडेलले यो कदम सम्पूर्ण विपक्षी दललाई तर्साउने र एमालेलाई बदनाम गर्ने उद्देश्यले चालिएको दाबी गर्दै पौडेल निर्दोष रहेको बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विष्णु पौडेललाई असार ९ गते पक्राउ गरिएको थियो।
प्रकाशित मिति : आइतबार, आषाढ १४, २०८३ |
१३:१७:३०
463




















