महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन संसद्मा पेस, सार्वजनिक खरिद संशोधन विधेयक पनि दर्ता
प्रकाशित मिति: आइतबार, आषाढ १४, २०८३ | १३:२१:२७
चितवन, १४ असार । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ प्रतिनिधिसभामा पेस गरिएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त प्रतिवेदन पेस गरिन्।
त्यसैगरी, प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पनि बैठकमा पेस गरिन्।
प्रकाशित मिति : आइतबार, आषाढ १४, २०८३ |
१३:२१:२७
89




















