खैरहनी नगरपालिका २ नम्बर वडाले लत्यायो महालेखाको सुझाव , वारिष्टा तालिमको स्वीकृति नभएको संस्थालाई फेरि वारिष्टा तालिमको जिम्मा
प्रकाशित मिति: शुक्रबार, आषाढ १९, २०८३ | १४:२६:०४
खैरहनी , १९ असार । खैरहनी नगरपालिका वडा नम्बर २ ले महालेखाको सुझावलाई लत्याएको छ । महालेखाको २०८१/८२ को प्रतिवेदनमा भुमिका टेक्निकल सर्भिस प्रा लिलाई वडा नम्बर २ लगायत अन्य वडाले वारिष्टा लगायतको तालिम संचालन गरेको प्रती प्रश्न उठाएको थियो ।
महालेखाले भुमिका टेक्निकल सर्भिस प्रा लि ले वारिष्टा तालिम संचालन गर्ने स्वीकृति नभएकोले स्वीकृत प्राप्त संस्थाबाट तालिम संचालन गर्न नगरपालिकालाई सुझाव दिएको थियो । उक्त सुझाव लत्याउदै वडा नम्बर २ ले यसवर्ष पुन:भुमिका टेक्निकल सर्भिस प्रा.ली मार्फत नै तालिम संचालन गरेको छ । भुमिका टेक्निकलका विवेक अधिकारीले समेत आफुहरुले सिटिइभिटीबाट वारिष्टा तालिमको स्वीकृति नभएको स्विकार गरेका छन् । वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले भने महालेखाले औल्याएको विषय आफुहरुलाई जानकारी नभएको बताए ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १९, २०८३ |
१४:२६:०४
67




















