नेप्सेका सीईओ चूडामणि चापागाईंको राजीनामा
प्रकाशित मिति: सोमबार, आषाढ २२, २०८३ | १३:४९:५५
चितवन, २२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।
चापागाईंले सोमबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। कार्यकाल पूरा हुनुअघि नै उनले पदबाट अलग हुने निर्णय गरेका छन्।
राजीनामाबारे प्रतिक्रिया दिँदै चापागाईंले सरकारको कुनै दबाब वा अन्य बाह्य कारण नभई व्यक्तिगत कारणले पद छाडेको बताएका छन्।
उनी २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।
प्रकाशित मिति : सोमबार, आषाढ २२, २०८३ |
१३:४९:५५
177



























