सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख अर्यालको निर्देशन
प्रकाशित मिति: सोमबार, आषाढ २२, २०८३ | १४:०७:४८
चितवन, २२ असार । सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका समसामयिक र महत्वपूर्ण विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै ती विषयमा स्पष्ट जवाफ दिन सरकारलाई निर्देश गरेका हुन्।
उनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि गरिएको पूर्वतयारी र विपद् व्यवस्थापनसम्बन्धी कामकारबाहीबारे पनि संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति : सोमबार, आषाढ २२, २०८३ |
१४:०७:४८
265



























