गृहमन्त्री गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन
प्रकाशित मिति: सोमबार, आषाढ २२, २०८३ | १७:२५:४०
चितवन, २२ आषाढ । गृहमन्त्री गुरुङले झापाको सीमावर्ती क्षेत्र तथा हात्ती प्रभावित बस्तीको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले सीमा सुरक्षा व्यवस्थाबारे सुरक्षा निकायसँग जानकारी लिँदै अवैध गतिविधि नियन्त्रण र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
त्यसैगरी, हात्ती प्रभावित क्षेत्रमा स्थानीय बासिन्दासँग छलफल गर्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि आवश्यक समन्वय र दीर्घकालीन योजना कार्यान्वयनमा सरकारले प्राथमिकता दिने बताएका छन्।
प्रकाशित मिति : सोमबार, आषाढ २२, २०८३ |
१७:२५:४०
265



























