सर्लाहीमा युवकद्वारा आत्मदाहको प्रयास, हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै
प्रकाशित मिति: शुक्रबार, आषाढ २६, २०८३ | १८:३५:१९
चितवन, २६ आषाढ । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
प्रहरीका अनुसार शुक्रबार गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले उक्त प्रयास गरेका हुन्। घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
घाइते मण्डललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २६, २०८३ |
१८:३५:१९
111
























