स्थानीय बजारमा सुनचाँदीको भाउ ओरालो, आज कति पुग्यो मूल्य?
प्रकाशित मिति: शुक्रबार, साउन ०१, २०८३ | १४:४२:३२
चितवन, ०१ साउन । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३,१०० ले घटेर रु २ लाख ८२ हजार १०० कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १२५ ले घट्दै रु ४ हजार २०० निर्धारण गरिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार २०० र चाँदी रु ४ हजार ३२५ मा कारोबार भएको थियो।
प्रकाशित मिति : शुक्रबार, साउन ०१, २०८३ |
१४:४२:३२
331













