संसदीय भूमिका प्रभावकारी बनाउन एमाले सांसदलाई प्रशिक्षण
प्रकाशित मिति: आइतबार, साउन ०३, २०८३ | १४:३२:०२
चितवन, ०३ साउन । नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिका प्रभावकारी बनाउन पार्टीका सांसदलाई संसदीय प्रशिक्षण दिएको छ।
पार्टीको संसदीय विभागद्वारा आयोजित प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे जानकारी गराइएको विभागकी प्रमुख सचिव पद्मा अर्यालले बताइन्।
प्रशिक्षणमा संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम, अधिकार, संसदीय समितिहरूको कार्यक्षेत्र तथा समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : आइतबार, साउन ०३, २०८३ |
१४:३२:०२
243



















