चितवनमा एक वर्षमा झण्डै ७,८७६ मेट्रिकटन रासायनिक मल र कृषि चुन बिक्री
प्रकाशित मिति: सोमबार, साउन ०४, २०८३ | १६:०३:३७
चितवन, ०४ साउन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा झण्डै सात हजार ८७६ मेट्रिकटनभन्दा बढी रासायनिक मल तथा कृषि चुन बिक्री भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय भरतपुरका अनुसार सो अवधिमा युरिया, डिएपी, पोटास र कृषि चुन गरी कुल ७ हजार ८७६ दशमलव ४०० मेट्रिकटन मल तथा चुन किसानलाई बिक्री गरिएको हो।
शाखा प्रबन्धक राजन बगालेका अनुसार किसानलाई आवश्यक कृषि सामग्री उपलब्ध गराउने उद्देश्यले गत वर्षभरि विभिन्न प्रकारका रासायनिक मल र कृषि चुनको नियमित आपूर्ति तथा बिक्री गरिएको थियो।
प्रकाशित मिति : सोमबार, साउन ०४, २०८३ |
१६:०३:३७
727



















