सार्वजनिक बिदा पुनरावलोकन गर्न सरकारद्वारा अध्ययन कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्ने
प्रकाशित मिति: सोमबार, साउन ०४, २०८३ | १६:०६:१७
चितवन, ०४ साउन । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भएपछि अन्य बिदाको आवश्यकता र संख्या अध्ययन गरी पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।
गठित कार्यदललाई सार्वजनिक बिदासम्बन्धी अध्ययन तथा समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन तयार गरेर गृह मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति : सोमबार, साउन ०४, २०८३ |
१६:०६:१७
749
























