शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता कर हाल लागू नहुने : प्रधानमन्त्री बालेन शाह
प्रकाशित मिति: मंगलबार, साउन ०५, २०८३ | १६:४७:०९
चितवन, ०५ साउन । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले उक्त कर तत्काल कार्यान्वयन गर्दा आमनागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिए।
प्रधानमन्त्री शाहले सरकारले जनताको विश्वास र अपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्।
प्रकाशित मिति : मंगलबार, साउन ०५, २०८३ |
१६:४७:०९
133

























