तनहुँको कलेस्ती पुलमा बस दुर्घटना
प्रकाशित मिति: मंगलबार, साउन ०५, २०८३ | १८:४७:५८
चितवन, ०५ साउन । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालक शम्सेर नेपालीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार अपराह्न ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि चालक बसभित्र च्यापिएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा पुगेको प्रहरी टोलीले उद्धार गरी उनलाई रत्नहरि अस्पतालमा उपचारका लागि पठाएको छ।
बसमा २५ जना यात्रु सवार रहेका थिए। अन्य १४ जना यात्रु पनि घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : मंगलबार, साउन ०५, २०८३ |
१८:४७:५८
133

























