भदौ घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको छ : प्रचण्ड
प्रकाशित मिति: शुक्रबार, साउन ०८, २०८३ | १६:००:१७
चितवन, ०८ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३–२४ का घटनापछि नेपाल सुगौली सन्धिपछिकै सबैभन्दा जटिल अवस्थामा पुगेको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक संकट उत्पन्न हुनुमा आफूहरूबाट पनि केही त्रुटि भएको स्वीकार गरे।
उनले राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढेको तथा प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिहरू सक्रिय भएको दाबी गर्दै वर्तमान अवस्थाको वैज्ञानिक समीक्षा नगरी चुनौतीको सामना गर्न नसकिने बताए।
प्रचण्डले भदौ घटनाका क्रममा सुरक्षा निकायको निरीहता देखिएको उल्लेख गर्दै नेपालका धरोहर, पार्टी कार्यालय र ऐतिहासिक सम्पदा जलाइएका घटनाबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रकाशित मिति : शुक्रबार, साउन ०८, २०८३ |
१६:००:१७
463


















