दुर्गा प्रसाईंलाई थुनामा नराख्न भक्तपुर अदालतको आदेश
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३ | १९:४९:०५
चितवन, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा नराख्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ।
प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरीले म्याद थपको माग गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो। तर अदालतले म्याद थपको माग अस्वीकार गर्दै उनलाई थुनामा नराख्न आदेश दिएको हो।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार राति उनकै निवासबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति : सोमबार, साउन १८, २०८३ |
१९:४९:०५
199



















