प्रतिनिधिसभाको एक महिनाको कार्यतालिका सार्वजनिक, १० दिन बैठक बस्ने
प्रकाशित मिति: बिहिबार, साउन २१, २०८३ | १५:१५:५६
चितवन, २१ साउन । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयका अनुसार साउन १५ गतेदेखि भदौ १५ गतेसम्मको अवधिमा प्रतिनिधिसभाको बैठक कुल १० दिन बस्नेछ।
सार्वजनिक कार्यतालिकाअनुसार साउन महिनामा अब ४ दिन र भदौको पहिलो १५ दिनमा ६ दिन गरी जम्मा १० दिन प्रतिनिधिसभाको बैठक सञ्चालन हुने तय गरिएको छ।
प्रकाशित मिति : बिहिबार, साउन २१, २०८३ |
१५:१५:५६
199





















