ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ | १५:१३:०९
चितवन, २७ साउन । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच २ बुँदे सहमति भएको छ ।
सहमति अनुसार मसाललाई लुम्बिनी प्रदेश सरकारमा सामेल गरिने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आज २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, साउन २७, २०८३ |
१५:१३:०९
265






















