स्पेनिस ला लिगा:बार्सिलोना र लेगानेसको खेल आज
प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०७७ | १४:१७:२६
काठमाडौं,२ असार
कोरोना भाइरसको महामारीपछि फेरि सुरू भएको स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा आज लिग लिडर बार्सिलोना र रेलिगेसन जोनमा रहेको लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ ।
बार्सिलोनाको खेल मैदानमा नेपाली समय अनुसार मंगलबार राति १स्४५ बजे सुरु हुने खेलमा लिग लिडर बार्सिलोनालाई जीत निकाल्दै दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दूरी बढाउने मौका हुनेछ ।
कोरोनाले स्थगित लिग सुचारुपछि बार्सिलोना लगातार दोस्रो जीत निकाल्ने योजनामा छ । यसअघि बार्सिलोनाले मालोर्कालाई ४(० ले हराएको थियो ।
बार्सिलोना २८ खेलमा ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ । लेगानेसलाई पराजित गरे बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध ५ अंकको अग्रता बनाउनेछ ।
रियलको ५९ अंक रहेको छ । लेगानेस २३ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०२, २०७७ |
१४:१७:२६
4555






















