आइतबार सार्वजनिक बिदा
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०७६ | १२:४१:५०
असोज २४–
चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा लगेको प्रस्तावलाई पारित गर्दै संघीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।
चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २४, २०७६ |
१२:४१:५०
5633




















