आफ्नै २५ महिने छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ
प्रकाशित मिति: सोमबार, भाद्र ०१, २०७७ | १६:५८:२१
काठमाडौं,१ भदौ
आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका १ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र ०१, २०७७ |
१६:५८:२१
4313


















