म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका ६ जना पक्राउ
प्रकाशित मिति: बुधबार, भाद्र ०३, २०७७ | ११:४९:४५
काठमाडौँ, ३ भदौ ।
युट्यूवमा अपलोड गरिएको एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने समूहका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । सो समूहको चार जना पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार अब केहि पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ। पक्राउ परेका ६ जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।
प्रकाशित मिति : बुधबार, भाद्र ०३, २०७७ |
११:४९:४५
4753


















