गोली हानी हत्या गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ
प्रकाशित मिति: बुधबार, भाद्र ०३, २०७७ | १४:०५:०१
काठमाडौं ,३ भदौ
गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने लाल कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
११ असार २०६६ गते राति मिर्चैया नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्र कुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए।
उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रकाशित मिति : बुधबार, भाद्र ०३, २०७७ |
१४:०५:०१
5061


















