शंखमूलमा बाबुले गरे आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार
प्रकाशित मिति: बुधबार, भाद्र १७, २०७७ | १४:०६:३८
काठमाडौं, १७ भदौ
आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई पक्राउ परेको हो।
आफ्नै छोरीलाई पटकपटक बलात्कर गरेको सूचनापछि पुगेको प्रहरी टोलीले मंगलबार राति ती पुरुषलाई शंखमुलबाट पक्राउ गरेको हो।
पीडित बालिकाका आमाले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका ती पुरुषलाई हिरातमा लिए आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, भाद्र १७, २०७७ |
१४:०६:३८
4599


















