झापामा एग्रोभेट पसलबाट ब्राउन सुगर सहित एकजना पक्राउ
प्रकाशित मिति: शनिबार, भाद्र २७, २०७७ | १५:२१:३९
झापा , २७ भदौैं।
झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा रहेको गोपाल एग्रोभेट्स पसलबाट प्रहरी शुक्रबार अपरान्ह्र २२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रहरीले लागुऔषध सहित एग्रोभेट्सका संचालक ३० बर्षिय गोपाल गौतमलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । पक्राउ परेका गौतममाथी थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक रिजालले बताए ।
प्रकाशित मिति : शनिबार, भाद्र २७, २०७७ |
१५:२१:३९
5787


















