काठमाडौंमा बसबाट यात्रुको ७१ हजार लुटेर भाग्दै गर्दा चार जना पक्राउ
प्रकाशित मिति: आइतबार, भाद्र २८, २०७७ | १४:४०:५७
काठमाडौं, २८ भदौं ।
काठमाडौंमा बसबाट यात्रुको ७१ हजार लुटेर भाग्दै गरेको अवस्थामा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ बाफलचोकबाट स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा बसका यात्रुको ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट झरेर भागेका चार जनालाई प्रहरीले ट्याक्सी चढ्न लाग्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकीका २४ वर्षीय सन्तोष विष्टलगायत ४ जना रहेका छन् । बाँके कोहलपुर नगरपालिका ११ घर भएका ४२ वर्षीय पुरुषको रकम लुटेर उनीहरु भाग्दै थिए ।
पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न लागेको अवस्थामा फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २८, २०७७ |
१४:४०:५७
4599


















