पर्सामा ७० वर्षीय बाबुले रक्सी खान नदिएपछि गरे छोराको हत्या
प्रकाशित मिति: मंगलबार, भाद्र ३०, २०७७ | ११:३४:३५
काठमाडौं, ३० भदौ
पर्सामा ७० वर्षीय बाबुले रक्सी खान नदिएपछि आफ्नै छोराको हत्या गरेका छन् ।
पर्साको पोखरिया नगरपालिकामा ७० वर्षीय लक्ष्मी साहले आफ्नै छोराको हत्या गरेका हुन् । उनले ३५ वर्षका छोराले आफूलाई रक्सी खान नदिएको भन्दै हत्या गरेका हुन् ।
बाबुको रक्सी खाने कुलत हटाउन खोजेका मधो साहले यसका लागि हरसम्भव प्रयास पनि गरेका थिए ।
तर, २९ भदौमा लक्ष्मीले रक्सी पिएर टिल भएर आएपछि छोरालाई चक्कु प्रहार गरे । लक्ष्मीले आफूसँग भएको छुरा प्रहार गरेर छोराको हत्या गरेका हुन् । उनीहरुबीच त्यही दिन विवाद हुँदा छोराको हत्या गरेका हुन् ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३०, २०७७ |
११:३४:३५
4797


















