लुइस सुआरेज एट्लेटिको मड्रिडमा अनुबन्धित
प्रकाशित मिति: शुक्रबार, आश्विन ०९, २०७७ | १०:४३:३६
काठमाडौँ,९ असोज
उरुग्वेली फरवार्ड लुइस सुआरेज लाई एट्लेटिको मड्रिडले अनुबन्धित गरेको छ । एट्लेटिको मड्रिडले सुआरेज लाई ६ मिलियन युरोमा स्पेनिस क्लब बार्सिलोना बाट अनुबन्धित गरेको हो ।
बार्सिलोना छाडेर सुआरेज युभेन्ट्स जाने चर्चा भएपनि युभेन्ट्सले एट्लेटिको मड्रिडका अल्भारो मोरोटालाई लोनमा अनुबन्ध गरेपछि सुआरेज एट्लेटिको जाने बाटो खुलेको थियो । उनले बार्सिलोनामा ६ सिजन बिताउँदा १२ उपाधि जितेका छन् । जसमा उनको चार ला लिगा र एउटा च्याम्पियन्स लिग उपाधि छ ।
सुआरेज २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए । सुआरेज यस सिजन बार्सिलोना छाड्ने चौथो खेलाडी समेत बनेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोएमन आएपछि मिडफिल्डरद्वय इभान राकिटिक र अर्टुरो भिदाल अनी डिफेण्डर नेल्सन सेमेडोले बार्सिलोना छाडिसकेका छन् ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०९, २०७७ |
१०:४३:३६
4665






















