भरुवा बन्दुक देखाएर तर्साउने दुई पक्राउ
प्रकाशित मिति: मंगलबार, आश्विन १३, २०७७ | १८:३४:१९
महेन्द्रनगर, १३ असोज
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउन दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर विष्ट र ३५ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
अभियुक्तसँग लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । “अभियुक्त विष्टले बन्दुक देखाएर तर्साएको रहेछ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “थप अनुसन्धान भइरहेको छ ।” अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी आज मुद्दा दायरा गरेर कारवाही अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, आश्विन १३, २०७७ |
१८:३४:१९
4159


















