‘कुमकुम भाग्य’ की इन्दु दादीको निधन
प्रकाशित मिति: सोमबार, कार्तिक ०३, २०७७ | १५:०३:१७
एजेन्सी,३ कार्तिक ।
हिन्दी टेलिचलचित्र ‘कुमकुम भाग्य’ तथा ‘ए रिश्ता क्या कहलाता है’ मा अभिनय गरेर चर्चामा रहेकी कलाकार जरिना रोशन खानको निधन भएको छ।
कलाकार सृति झा तथा शब्बीर अहलुवालियाले सामाजिक सञ्जालमार्फत् उनको निधनमा शोक व्यक्त गरेका छन्।
कुमकुम भाग्यमा ‘इन्दु दादी’ को भूमिका निर्वाह गर्ने जरिना रोशन खानको हृदयघातबाट निधन भएको बताइएको छ।
कुमकुम भाग्य भारतीय टेलिचलचित्रमा राम्रो टीआरपी प्राप्त गर्न सफलमध्येको एक हो। यसका शीर्ष कलाकार प्रज्ञा (सृति) र अभि (शब्बीर) धेरैले रुचाएका पात्र हुन्।
प्रकाशित मिति : सोमबार, कार्तिक ०३, २०७७ |
१५:०३:१७
4533



















