आज विवाह बन्धनमा बाँधिदै बलिउड गायिका नेहा कक्कर
प्रकाशित मिति: शनिबार, कार्तिक ०८, २०७७ | ११:४९:१६
काठमाडौं, ,८ कार्तिक ।
बलिउड सुन्दरी गायिका नेहा कक्कर आज विवाह गर्दैछिन् । हिमांश कोहली, आदित्य नारायण झा लगायतका गायकहरुसँग प्रेममा रहेकी नेहाले अन्ततः प्रेमी रोहन प्रीतसँग आज विवाह गदैैछिन् ।
भारतीय सञ्चार माध्ययमका अनुसार नेहा बहिनी सोनु, भाइ टोनी कक्कर तथा परिवारका अन्य सदस्यसहित नेहाको परिवार दिल्ली पुगिसकेका छन् ।
कोरोना महामारीका कारण निकै कम आफनत र शुभचिन्तकका बिचमा नेहाले विबाह गर्न लागेको बुझिएको छ । नेहाले पञ्जावी परम्परा अनुसार विवाह गर्न लागेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
प्रकाशित मिति : शनिबार, कार्तिक ०८, २०७७ |
११:४९:१६
5347


















